घट्यो सुनचाँदीको भाउ

न्युजलय १६ असार २०८३, मङ्गलबार ११:३० मा प्रकाशित

काठमाडौं । आज सुनको भाउ प्रतितोला चार हजार पाँच सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।