२९ आश्विन २०७८ शुक्रवारको राशिफल

न्युजलय २९ असोज २०७८, शुक्रबार ०६:११ मा प्रकाशित

मेष . लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

बृष . शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । लाभदायी र रमाइलो यात्रा पनि रहला ।

मिथुन . आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ ।

कर्कट . चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

सिंह . आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या . आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ ।

तुला . हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक . आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु . आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

मकर . आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्म र आस्था बढ्नेछ ।

कुम्भ . आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन सक्छ ।

मीन . धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।