काठमाण्डौ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। आइतबारसम्म यसले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको हो। यसअघि ‘छक्का पन्जा ३’ ले १६ करोड कमाएको थियो।
पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको फिल्मले आइतबारसम्म १७ करोड कमाएको जानकारी दिइएको छ ।
‘फाइनल म्याच’ भनिएको फिल्ममा काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कथा प्रस्तुत गरिएको छ। यसलाई दर्शकहरूले निकै रुचाइरहेका छन्।