विराटनगर । नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको अवरोध तत्कालका लागि खोलिएको छ । काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो ।
परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ ।
नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । भारतको वाणिज्य विभागले गत ३ नोभेम्बरमा मातहतका निकायलाई पत्र लेखेर नेपालबाट आउने चियाको गुणस्तरमा प्रश्न उठाएको थियो । विभागले गुणस्तर जाँचलगायत प्रक्रिया पूरा गरेरमात्रै आयात गर्न दिने निर्देशन दिएपछि चिया बोकेका ट्रक नाकामा अड्किएका थिए ।
भारतीय पक्षले दार्जिलिड चियाको गुणस्तर खस्किएको भन्दै नेपालबाट आयात हुने चियाको गुणस्तरण परीक्षण गरेरमात्रै भित्र्याउन निर्देशन दिएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७र७८ मा नेपालबाट ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको चिया निकासी भएको छ । त्योमध्ये ८० प्रतिशत भारततर्पm निकासी भएको भन्सारको तथ्यांक छ ।