काठमाडौं । मंगलबार(आज) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६।६७ बिन्दुमा आएर रोकिएको थियो ।
सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कुल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ ।