विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो

न्युजलय २५ कार्तिक २०८०, शनिवार ०१:०१ मा प्रकाशित

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हराएको छ ।


२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । 


अफगानिस्तान सेमिफाइनलमा पुग्न सकेन । यसअघि नै विश्व कपको सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणका ९ खेलमा १४ अङ्क जोडेको छ ।


विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज पहिलो खेल अष्ट्रेलिया र बङ्गलादेश तथा दोस्रो खेल इङ्ग्ल्यान्ड र पाकिस्तान बिच हुनेछ ।