चेन्नई चौथो पटक आईपीएलको च्याम्पियन

न्युजलय ३० असोज २०७८, शनिवार १२:४४ मा प्रकाशित

काठमाडौँ । चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ । २ पटकको च्याम्पियन कोलकातालाई २७ रनले  हराउँदै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो।

पहिले ब्याटिङ गरेको चेन्नईले कोलकातालाई १९३ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा निर्धारित २० ओभरमा कोलकाताले १६५ रन मात्र बनाउन सक्यो ।