नेप्से दोहोरो अंकले घट्यो

न्युजलय २३ पुस २०८२, बुधबार ०३:४० मा प्रकाशित

काठमाडौँ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन बढेको नेप्से बुधबार १३.३५ अंकले घटेको हो ।

बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको मूल्य घट्यो र १० कम्पनीको स्थिर रहयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या बढी भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

सो दिन कुल ७२ हजार ४७४ पटकको सेयर कारोबारमा १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता सेयर किनबेच भए ।