काठमाडौँ । हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बाँकी भूभागमा मौसम सामान्य रहनेछ ।