जंगली च्याउ खाएर बिरामी परेका आमा छोरीको मृत्यु

न्युजलय ३३ साउन २०८०, शुक्रबार ०२:५३ मा प्रकाशित

दाङ । दाङमा जंगली च्याउ खाएर बिरामी परेका आमा छोरीको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ बर्षीया  ईश्वरी सुनारको शुक्रबार दिउँसो घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनकी ११ बर्षीया छोरी अस्मिताको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको थियो।

च्याउ खाएर बिरामी भएका इश्वरीका श्रीमान् अजय सुनारको घोराहीस्थित प्रतिष्ठानमा उपचार जारी छ। सुनार परिवारले साउन २९ गते बेलुकी स्थानीय भित्ताला जंगलबाट जंगली च्याउ घर ल्याइ खाएका थिए। 

स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउँदा अवस्था बिग्रदै गएपछि उनीहरुलाई घोराही ल्याइएको थियो ।

बिरामी मध्य छोरीको अवस्था जटिल बनेपछि थप उपचारका लागि बुटवल रेफर गरिएको थियो। उनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो ।