घट्यो सुनको मूल्य

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ११:२४ मा प्रकाशित

काठमाडौं ।  बुधबार(आज) सुनको मूल्य ५ सयले घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो मंगलबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।