काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबार नेप्से १.३९ अंकले बढेर १८५३.४८ को विन्दु कायम भएको छ ।
आज २८४ धितोपत्रका ३३ लाख १९ हजार ५५८ कित्ता सेयर एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा किनबेच भएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ३५६.५४ को विन्दुमा झरेको छ ।
१३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको छ ।