मनकामना केबलकार भोलिदेखि संचालनमा आउने

न्युजलय ३१ भदौ २०८१, सोमबार ०१:१० मा प्रकाशित


काठमाडौँ  । गोरखाको मनकामना केबुलकार भोलि (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ। 

मर्मत संभार र स्तरोन्नतीपछि केबुलकार पुन सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। गएको असार ३१ गतेदेखि केबुलकार बन्द थियो। 

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो।

डिजिटल प्रणाली स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्ने काम सकिएकाले केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।