इटहरी । इटहरी चौकमा रहेको सेन्ट्रल प्लाजाले सेन्ट्रल मार्ट संचालनमा ल्याउने भएको छ ।
इटहरी मुख्य चोकमै रहेको सपिङ्ग मलको पहिलो तलामा मंसिर दोस्रो सातादेखी औपचारिक शुभारम्भ गरि मार्ट संचालनमा ल्याउने तयारी रहेको मलका अध्यक्ष राजेश श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार मलमा भ्रमण गर्ने ग्रहकहरूको माग अनुरूप सुपथ मुल्यमा उत्कृष्ठ सेवा सुविधा सहित मार्ट संचालमा ल्यउन लागिएको बताए ।
करिब ४००० स्वाएर फिटमा रहेको मार्टको कुल लगानि ५ करोड माथिको रहेको जनाइएको छ । मार्टमा ५००० भन्दा माथि भेराइटि रहेको छ।