घरमा सुतिरहेको बेला महिला बलात्कृत

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०५:२५ मा प्रकाशित

तेह्रथुम । तेह्रथुममा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका ६ बस्ने खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।