सुनचाँदीको मूल्य घट्यो

न्युजलय २८ जेठ २०८३, बिहिबार ११:३६ मा प्रकाशित

  काठमाडौं  । आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० कायम भएको छ ।

यस्तै चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।