काठमाडौं । जम्मु काश्मिरमा भएको आतंकवादी हमलामा मृत्यु भएका नेपालीको पहिचान खुलेको छ।
हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।
परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।
सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको बताइएको छ । शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।