एनपिएलः कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

न्युजलय २२ मङ्सिर २०८२, आइतबार ०३:४२ मा प्रकाशित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल(अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्दैछन्। प्लेअफको दौडबाट बाहिरिसकेका दुवै टोलीआज प्रतिष्ठाका लागि खेल्नेछन् ।

जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ । प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक÷एक खेलमा मात्रै जित निकालेका छन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले  एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।