चितवन । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको छ । नवलपरासीको इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आइतवार(आज) बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।
गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएको बताइएको छ । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको बताइएको छ ।
भरतपुरमा लगेर गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन् ।
गायिकाको उजुरीपछि प्रहरीको फरार सूचीमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।