काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले आन्दोलनरत जेन्जी युवालाई अब संयमित हुन अपिल गरेका छन् ।
उनले ‘हत्याराको राजीनामा आइसकेकोले संयमित हुन’ भनेका छन् ।
‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो, अब संयमित हुनु जरुरी छ,’ उनले भनेका छन् ।
उनले अब देशको नेतृत्व गर्ने जिम्मा जेन्जी पुस्ताकै भएकोले सेना प्रमुखसँग वार्ताको तयारी गर्नसमेत भनेका छन् । तर त्यसअघि संसद् विघटन अनिवार्य हुनुपर्ने शर्त राखेका छन् ।