बढ्यो सुनको मूल्य

न्युजलय ४ साउन २०८३, सोमबार ११:३५ मा प्रकाशित

काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। 

अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।