मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, डेढ दर्जन घाइते

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०२:४३ मा प्रकाशित

मुगु । मुगुको छाँयानाथ रारा गाउँपालिका ७ मा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट मुगुका लागि आएको बस दुर्घटनामा परेको हो । 

स्थानीय पिनागाउँमा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने डेढ दर्जन जति यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मुगु प्रहरीले जनाएको छ ।