म्याग्दीमा भूकम्पको धक्का

न्युजलय २१ साउन २०८२, मङ्गलबार ०८:११ मा प्रकाशित

 काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ ।

गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो १ बजेर ३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार भूकम्पका कारण खासै क्षति भएको छैन ।