काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडमा खुम्चियो ।
कुल ८८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ७ को स्थिर रह्यो ।