सेयर बजारका समस्याबारे अध्ययन समिति गठन

न्युजलय २५ जेठ २०७९, बुधबार ०७:३३ मा प्रकाशित

काठमाडौं । अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ । 

समितिले आगामी आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति आउनु अगाडि नै समाधानका उपायसमेत समेटेर प्रतिवेदन दिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकिएको छ । बोर्डकै एक प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक एक जना प्रतिनिधि रहने गरी समिति गठन भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय सेयर बजार निरन्तर घटेसँगै लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।