चलचित्र ‘चिसो मान्छे’ असार ३ गते रिलिज हुने

न्युजलय २६ माघ २०७८, बुधबार ०७:२३ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को रिलिज डेट पुनः सरेको छ । वैशाख ३० गते प्रर्दशन हुने भनिएको चलचित्रको रिलिज डेट चुनावका कारण सरेको हो ।

 

सरकारले वैशाख ३० गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । निर्देशक दीपेन्द्र के खनालका अनुसार अब यो चलचित्र असार ३ गते रिलिज हुनेछ ।

 

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । चलचित्रमा अपर्ण थापा र देशभक्त खनाल पनि लिड रोलमा छन् ।