काठमाण्डौ । आइतबार (आज) सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ पुगेको हो।
दिनभरमा २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १३८ कम्पनीको मूल्य घटेको छ भने जम्मा ४६ कम्पनीको मूल्य बढेको छ।
बाँकी ७ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
आज विन नेपाल लगुवित्तीय कम्पनीको सेयर १० प्रतिशत बढेको छ। बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९ं.९८ प्रतिशत र मैलुङ खोला जलविद्युतको मूल्य ९.७३ प्रतिशतले बढेको छ।