काठमाडौं । सोमबार(आज) शेयर बजारमा कारोबार सुरु भएको १० मिनेटमै पहिरो गएको छ ।
कारोबार सुरु भएको ११ः१० बजे सम्ममा नेप्से परिसुचक ६७.६९ अंकले घटेर २२९३.५६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक २.८७ प्रतिशतले घटेको छ ।
यस्तै, सो अवधीसम्म कारोबारमा आएका १५७ कम्पनीको ४ लाख ८९ हजार १९ कित्ता शेयर ३ हजार ३८८ पटकको कारोबारमा १९ करोड ९९ लाख बढीको कारोबार भएको छ ।