काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
आज सुन प्रतितोला तीन हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै आज सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेर चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।