छठ पूजाका लागि विराटनगरका मेयर पराजुलीले सुरु गरे दण्डप्रणाम यात्रा

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०६:२२ मा प्रकाशित

विराटनगर  । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । 

२८ वर्ष यता छठको ब्रत बस्दै आएका पराजुलीले १८ वर्ष यता छठ पूजाका लागि विराटनगर–३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलास्थित पूजास्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्दै आएका छन् । मेयर पराजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।

बुधबार(आज) १०ः३० बजेबाट पराजुलीले मन्दिरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । मेयरमा निर्वाचित भएपछि तीन वर्षयता नगरबासीको सुख, शान्तिको कामना गर्दै मेयर पराजुलीले छठको ब्रत बस्दै आएका छन् ।