बलात्कार गरेको आरोपमा धरानबाट एक जना पक्राउ

न्युजलय १४ कार्तिक २०७८, आइतबार १२:४७ मा प्रकाशित

धरान ।  पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

धरान –१५ बरगाछी घर भएका ५२ वर्षीय भोजराज थापा ‘फडिन्द्र’लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले डिभोर्स भैसकेकी पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप छ । 

प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।