नेप्सेमा दोहोरो अंकको गिरावट

न्युजलय १४ मङ्सिर २०८०, बिहिबार ०९:३० मा प्रकाशित

काठमाडौं । बिहीबार(आज) नेप्से परिसूचक १८.०६ अंकले घटेको छ।

यस दिन नेप्से ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँ पुगेको छ।