काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् । प्रहरी वृत्त सोह्रखट्टेले एक जना चिनियाँ नागरिक मृत फेला परेको जानकारी दिएको छ ।
नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ शनिबार मृत भेटिएका हुन् । उनको कोठमा केही औषधिका खोस्टासमेत भेटिएको बताइएको छ ।।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टमा केही शंकास्पद देखिए अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।