इटहरी । इटहरीस्थित संगीत साधना प्रतिष्ठानले प्रबल जनसेवा श्री पदक पाएको छ । राष्ट्रपतिको हातबाट कुनै पनि संस्थाले यो पदक पाएको यो पहिलो अवसर भएको संस्थाले जनाएको छ ।
प्रतिष्ठानका महासचिव राजु केसीका अनुसार गीतसंगीतको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै पदक दिइएको हो ।
इटहरीमा संगीतको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रतिष्ठानले नेपालकै पहिलो संगीत साधना महाविद्यालय तथा म्युजिक थिएटर बनाउने अभियान थालेको छ । यस्तै संस्थाकै पहलमा प्रदेश सरकारले ललितकलाको प्रबद्र्धन गर्ने नीति बनाएको र इटहरी उपमहानगरपालिकाले पनि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिसकेको छ ।
यसअघि एक ईँटा अभियानअन्तर्गत विश्वभरका दाताहरुको सहयोगमा आफ्नो तीन तले भवनसमेत निर्माण गरिरहेको प्रतिष्ठानले जुटेको सहयोगभन्दा दोब्बर काम गर्न सकेको छ ।