काठमाडौं । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।
समाचार एजेन्सी अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।