सुदूरपश्चिमसँग जनकपुरको पराजय

न्युजलय २६ मङ्सिर २०८१, बुधबार ०५:४७ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग पराजय भोगेको छ।

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै हार भोग्न बाध्य भएको हो । 

सुदूरपश्चिमसँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रा पनि पूर्णविराम लागेको छ ।