काठमाडौं । शुक्रबार (आज) प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ ।
यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ५ रुपैयाँ तोकिएको छ ।