झिनो अंकले बढ्यो नेप्से

न्युजलय १४ माघ २०८०, आइतबार ०९:५३ मा प्रकाशित

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । 

उक्त दिन बजार १०.३७ अंकले बढेर २०९४ को विन्दुमा कायम हुन पुगेको छ । यसअघि सेयर बजार लगातार ७ कारोबार दिन घटेको थियो ।

आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजारको कारोबार भएको छ । 

बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको १.२२ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको हो ।