२०७८ साल कार्तिक ७ गते अाईतबार

मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुग्यो

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०६:५८ मा प्रकाशित
मुगु । मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । 

जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ । घाइते एक जना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । बसमा ४० जना यात्रु सवार थिए।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख  ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।