काठमाडौं । बिहीबार सेयर बजार परिसूचक ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो ।
बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो ।