काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर एक लाख एक हजार छ सय तीन पटक खरिदबिक्री हुँदा रु १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।