घट्यो सेयर बजार

न्युजलय १९ असार २०८३, शुक्रबार ०३:४४ मा प्रकाशित

काठमाडौं । दुई कारोबार दिनपछि शुक्रबार सेयर बजारमा फेरि गिरावट आएको छ। 

यसदिन नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा अडिएको छ। यसअघि बुधबार र बिहीबार दुई कारोबार दिन नेप्से परिसूचक वृद्धि भएको थियो। 

आज ३४५ वटा स्क्रिप्सको ८५ लाख ८४ हजार  ४०१ कित्ता सेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १०३ वटा स्टक्सको मूल्य बढ्दा १६० वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।