आज श्रीकृष्ण जन्माष्टमी

न्युजलय १० भदौ २०८१, सोमबार ०६:१९ मा प्रकाशित

 काठमाडौं । आज भदौ १० गते सोमवार, देशैभरी श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।

आजको दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभरि जाग्राम बस्ने प्रचलन छ ।

यस पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ । 

आज घर–घरदेखि विद्यालयसम्म बालबालिकाहरुलाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि छ । 

विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

 श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।