इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवा मृत फेला परेका छन् ।
प्रहरीले विस्तृत विवरण दिइनसकेपनि मृत्युको खबरसँगै इनरुवाको सडकमा टायर बालेर विरोध प्रदर्शन सुरु भएको छ । सुनसरीका विभिन्न स्थानबाट मानिसहरु विरोधका लागि इनरुवा आउने क्रम जारी छ ।