विराटनगरको कञ्चनबारीमा तीन वटा गाडी जुध्दा एकको मृत्यु, ६ जना घाइते

न्युजलय १० कार्तिक २०७८, बुधबार ०८:५२ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित कञ्चनबारीमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार कार, सरकारी गाडी र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । यस्तै दुर्घटनामा ६ जना घाइते भएको बताईएको छ ।


प्रदेश २ ०३ ००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३ ००१ ०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी एक आपसमा ठोक्किएको हो ।


दुर्घटनामा परि मृत्यु भएका व्यक्तिको परिचय खुलेको छैन । घटना बारेमा थप विवरण आउन बाँकी छ ।