पहिरोका घाइतेको उपचारका लागि पाँचथर गएका स्वास्थ्यकर्मी सम्पर्कविहीन

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार ०६:३३ मा प्रकाशित

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएकाको उपचार गर्न हिँडेका २ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । 

इलामको माङसेबुङ गाउँपालिकाबाट मिक्लाजुङ–५ स्थित चिसापानी पञ्चमी हिँडेका स्वास्थ्यकर्मी सुमन राई र ठाकुरसिंह याक्खा चार दिनदेखि सम्पर्कविहीन रहेको जनाइएको छ । 

पाँचथरमा बाढीपहिरोमा बेपत्ता हुनेको संख्या ६ पुगेको छ ।