शेयर बजारमा ३.९४ अंकले गिरावट

न्युजलय ११ माघ २०८०, बिहिबार ०९:४१ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो ।                                        

आज नेप्सेमा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।