सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

न्युजलय २५ भदौ २०८२, बुधबार ०९:१२ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो देश पठाउने भन्दै रायमाझी समेतको गिरोहले प्रतिव्यक्ति लाखौँ रकम असुलेको थियो ।

तर, सरकारले दमन गरेपछि मङ्गलबार उग्र बनेको जेन जी प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि भागेका हुन्‌ ।