‘परदेशी २’ को प्रदर्शन मिति सर्‍यो

न्युजलय २९ साउन २०७९, आइतबार ०२:२६ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सरेको छ। असोज १४ का लागि प्रदर्शन मिति तय गरेर प्रचार सुरु गरेको फिल्म युनिटले नयाँ मिति तय गरेको छ। अब यो फिल्म फागुनमा ५ मा रिलिज हुने भएको छ।


नारायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा प्रकाश सपुत र केकी अधिकारीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्म निर्माता राजेश वंशलले वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरुसँगको सल्लाहमा चलचित्रलाई फागुनमा सारिएको बताएका छन्।


फिल्मको प्राविधिक काम बाँकी नै रहेकाले र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले असोजबाट फागुनमा सरको निर्देशक रायमाझीले बताए। 


निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ ।  


यो फिल्ममा केकी र प्रकाशका साथमा प्रशान्त तामाङ्, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन्।