प्रधानमन्त्री कार्की ताप्लेजुङमा

न्युजलय ३१ माघ २०८२, शुक्रबार ०४:५१ मा प्रकाशित

ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ पुगेकी छन्।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन्। प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ।